दफा ३८
अनुगमन तथा मूल्याङ्कन समिति
(१) सरकारी सेवा र सुविधालाई प्रभावकारीबनाई प्रशासन तन्त्रलाई सेवाप्रदायकको रुपमा रुपान्तरण गर्न तथा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त अधिकारीले सम्पादन गर्नु पर्ने काम कारबाहीलाई प्रभावकारी
तथा गुणस्तरीय ढङ्गबाट सम्पादन भए वा नभएको कुराको अनुगमन तथा मूल्याङ्कनगर्न मुख्य सचिवको संयोजकत्वमा तोकिए
बमोजिमको एक केन्द्रीय अनुगमन तथामूल्याङ्कनसमिति गठन हुनेछ ।
(२) प्रदेश तथा जिल्ला स्तरमा अनुगमन तथा मूल्याङ्कन समिति तोकिएबमोजिम गठन गर्न सकिनेछ ।
(३) केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिलाई सहयोग गर्न प्रत्येक मन्त्रालयमा तोकिए बमोजिमको मूल्याङ्कन तथा अनुगमन संयन्त्र रहनेछ ।
४) केन्द्रीय अनुगमन तथामूल्याङ्कन समितिको सचिवालय प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयमा रहनेछ ।